आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नियमित पत्रकार सम्मेलन

‘हिउँदे अधिवेशनबाट टीआरसी विधेयक पारित गर्न दलहरू सहमत’

बिहीबार, २१ मङ्सिर २०८०, १४ : २८
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले संक्रमणकालसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनबाट पारित गर्नेगरी दलहरूबीच सहमति भएको बताएका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले टीआरसी विधेयक संसदीय समितिमा छलफल भइरहेको भन्दै उनले हिउँदे अधिवेशनमा संसदबाट पारित हुने बताएका हुन् । 

‘शान्ति प्रक्रिया अहिले महत्त्वपूर्ण विषय हो । यसलाई टुंग्याउन शीर्ष नेताहरूसँग छलफल भइरहेको छ । टीआरसी विधेयक अहिले संसदीय समितिमा छलफल भइरहेको छ । हिउँदे अधिवेशनबाट पारित गर्न दलहरूबीच सहमति भएको छ’, उनले भने । 

हिउँदे अधिवेशन बोलाउनकै लागि सरकारले संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको उनले बताए । सहमितमै शान्ति प्रक्रिया टुंग्याउनु दलहरूको दायित्व भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप