आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रिगल प्रकरण

पक्राउ परेका रिगल ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने

बिहीबार, २१ मङ्सिर २०८०, १६ : ४६
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै पक्राउ परेका योगराज ढकाल भनिने रिगल ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने भएको छ ।  सर्वोच्चको फैसलाअनुसार उनी अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको हो । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् ।  

बिहीबार नै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो । 

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति  राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए ।

चेतन मानन्धरको हत्या गरिएको मुद्दामा बाँके जिल्ला अदालतबाट २०७५–१–११ मा र उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासबाट २०७६–१०–२८ मा भएको फैसला अनुसार ढकाललाई जन्मकैद (वीस वर्ष कैद) हुने भनी ठहर भएको थियो । सो मुद्दाका सन्दर्भमा रिगल ढकाल २०७२–५–७ देखि थुनामा रहेका थिए भने २०८० साल असोज ३ गतेको संविधान दिवसको सन्दर्भमा निजलाई रिहा गर्दा बाँकी कैद ११ वर्ष ११ महिना ५ दिन भुक्तानी हुनै बाँकी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप