आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सचिनको कीर्तिमानसँग बराबरी गर्नबाट चुके विराट

बिहीबार, २१ मङ्सिर २०८०, १६ : ५३
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहली आफ्नै राष्ट्रका महान खेलाडी सचिन तेन्दुल्करको कीर्तिमानसँग बराबरी गर्ने अवसरबाट थोरैले चुकेका छन् । तीन दिनपछि ३५ औँ वर्षमा पाइला टेक्न लागेका कोहली आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत बिहीबार खेलिएको श्रीलंकाविरुद्धको खेलका क्रममा सचिनको कीर्तिमानसँग बराबरी गर्नबाट चुकेका हुन् । 

विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले प्रहार गरेको सतक सँख्यासँग बराबरी गर्ने अवसर गुमाएका हुन् । सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि सचिनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा सतक बनाएका थिए ।  श्रीलंकाविरुद्धको खेलमा सतक प्रहार गरेको भए कोहलीको सतक सँख्या पनि ४९ पुग्ने थियो । तर, कोहली बिहीबार ८८ रन बनाउँदै आउट भए । उनी केवल १२ रनका कारण सतक पुरा गर्नबाट चुकेका हुन् । 

अब सचिनको कीर्तिमानसँग बराबरी गर्न कोहलीले कम्तिमा पनि आगामी आइतबार हुने दक्षिण अफ्रिकाविरुद्धको खेलसम्म प्रतिक्षा गर्नु पर्नेछ । कोहलीले हालसम्म एकदिवसीय क्रिकेटमा ४८ र टेस्ट क्रिकेटमा २९ वटा सतक प्रहार गरेका छन् । सचिनले भने टेस्ट र एकदिवसीय क्रिकेटलाई जोड्दा एक सयवटा सतक बनाएका छन् । सचिनले एकदिवसीय अन्तर्राष्ट्रियमा ४९ र टेस्ट क्रिकेटमा ५१ वटा सतक बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप