आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शनिबारदेखि पञ्चासे अल्ट्रा रेस, अमेरिकाका धावक सहभागी हुने

बिहीबार, २१ मङ्सिर २०८०, १८ : १९
बिहीबार, २१ मङ्सिर २०८०

पोखरा । पोखरामा शनिबार र आइतबार पञ्चासे अल्ट्रा रेस हुने भएको छ । ४ वटा इभेन्टमा धावकहरुले प्रतिस्पर्धा गर्नेछन् । ८० किलोमिटर, ५५ किलोमिटर, २५ किलोमिटर र ७ किलोमिटरमा छुट्टाछुट्टै स्पर्धा हुने पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले जानकारी दिए । उनका अनुसार पोखरा आसपासका पहाडबाट दौडिने गरी रुट तय गरिएको छ । 

दौडमा अमेरिका, बेलायत, भियतनाम लगायत देशहरुका धावक सहभागी हुनेछन् । ८० किलोमिटर दौड लुम्रेबाट बिहान ४ बजे सुरु हुनेछ । लुम्रे हुँदै लो–क्याम्प, बादल डाँडा, प्रितम देउराली, पञ्चासे भञ्ज्याङ, पुम्दीको शिव मन्दिर हुँदै लेकसाइडको खपौंदीमा टुंगिन्छ । 

५५ किलोमिटरको दोस्रो इभेन्ट कोमागाने पार्कबाट बिहान ६ बजे सुरु हुन्छ । यो इभेन्ट शान्ति स्तूप, भञ्ज्याङ, नाउडाँडा, कास्कीकोट, सराङकोट हुँदै खपौंदीमै टुंगिनेछ । तेस्रो २५ किलोमिटरको इभेन्ट कोमागाने पार्कबाट बिहान ८ बजे सुरु भई स्तूप, भञ्ज्याङ हुँदै सेदी आएर सकिनेछ । ७ किलोमिटरको इभेन्ट भने बिहान साढे ८ बजे कोमागने पार्कबाट सुरु भएर सेदी हुँदै पामेबजारमा टुंगिन्छ । 

प्रतियोगितामा विजेताले थाइल्याण्डमा हुने अल्ट्रा रेसमा सहभागी हुने अवसर पाउनेछन् । दोस्रो हुने महिला पुरुषले १५ हजार र तेस्रोलाई ७ हजार नगद पुरस्कार हुनेछ । यो वर्ष धावक हरि रोकायालाई नगदसहित सम्मान गर्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप