गृह मन्त्रालयका ४० अधिकारीको सरुवा तथा पदस्थापन
बिहीबार, २१ मङ्सिर २०८०, १८ : २३
काठमाडौँ । गृह मन्त्रालयले ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ ।
मन्त्रालयले बिहीबार मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मातहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।