आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महेन्द्रको आवाजमा ‘मोटरबाटो’ सार्वजनिक

बिहीबार, २१ मङ्सिर २०८०, १८ : ३४
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । गायक महेन्द्र राज बरालको स्वरमा ‘मोटरबाटो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा पुष्कर खत्रीको एरेन्ज छ । 

भिडियोमा जिवी चिरण, वेदान थापा, कल्पना खड्का, दीपा शाही, दुर्गा काफ्ले, रोयल प्रिन्स र प्रकाश चौलागाई  फिचर्ड छन् ।

गीतमा सिबी विजय अधिकारीको संगीत रहेको गीतको भिडियोमा अहिलेको देशको परिस्थितिमा किन युवा बिदेसिएका छन् भन्ने देखाइएको छ । 

डिपी खनालको गीत, पदम सुवेदीको सम्पादन तथा दिपक गिरीको छायांकन रहेको भिडियो गौरव गिरीले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप