आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ फिल्म ‘दुई कदम’को शीर्ष गीत

बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को शीर्ष गीत सार्वजनिक गरिएको छ । प्रविसा अधिकारी र सिडी विजय अधिकारीको स्वर रहेको गीतमा तारा प्रकाश लिम्बुको संगीत तथा शब्द छ ।

गीतमा फिल्ममा अभिनेता इओन लिम्बु र सिमोन गिरीको अभिनय छ । गीतमा इओन र सिमोन रोमान्टिक अवतारमा देखिएकी छन् ।

फिल्ममा इओन र सिमोनका अलवा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी छ । फिल्मको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भूमिका निवार्ह गरेका छन् । फिल्मको छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको छ ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत रहेको फिल्ममा राजु किराँतीको द्वन्द्व छ । रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया