आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेरीना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई ४० जोर सुट दिने

बिहीबार, २१ मङ्सिर २०८०, १९ : ०१
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । बागबजारमा रहेको मेरीना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई चालिस जोर सुट दिने भएको छ । मेरीना इम्पेक्स र नेपाल क्रिकेट सघंबीच बिहीबार उक्त सम्झौता भएको हो ।

सम्झौतामा मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का र क्यानका तर्फबाट कोषाध्यक्ष पदम बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

टी–२० वर्ल्ड कपमा नेपाली क्रिकेट टिमको सहभागिताको प्रबल सम्भावना रहेको बेला खेलाडीको हौसला बढाउन उक्त सहयोग गरेको मेरीना इम्पेक्स्ले जनाएको छ ।

पछिल्लो समय नेपाली क्रिकेटले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएकोले क्रिकेट टिमलाई सहयोग गर्नुपर्ने दायित्वबोधलाई मनन गर्दै आफूहरुले सहयोग गरेको मेरीना इम्पेक्सका अर्जुन बस्नेतले बताए ।

मेरिना इम्पेक्सले सन् १९८३ देखि बागबजार, सामाखुशी, न्युरोड र पाटन गभलका चार आउटलेटबाट सेवा प्रदान गर्दै आएको छ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप