आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखराका प्याराग्लाइडिङ पाइलटको मापसे चेक

बिहीबार, २१ मङ्सिर २०८०, २० : ०८
बिहीबार, २१ मङ्सिर २०८०

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडाउने पाइलटको मादक पदार्थ सेवन गरे/नगरेको चेकजाँच गरिएको छ । वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा २३ पामेमा पाइलटको मापसे चेक गरेको हो । 

प्याराग्लाइडिङ दुर्घटना न्यूनीकरण गर्ने अभियान अन्तर्गत मापसे चेकजाँच गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार चेकजाँचका क्रममा कसैले पनि मापसे नगरेको भेटिएको छ । 

यसअघि प्रहरीले फेवातालमा डुंगा चलाउनेहरुको पनि मादक पदार्थ सेवन गरे/नगरेको चेक गरेको थियो । त्यसअघि डुंगा चालकहरुकै लागु पदार्थ चेकजाँच पनि भएको थियो । 

केही समयअघि प्याराग्लाइडिङ पाइलटले लागु औषध प्रयोग गर्ने गरेको गुनासो बढेको थियो । केही पाइलटहरु छानबिनकै दायरामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप