आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप क्रिकेट : भारतसामु निरीह बन्यो श्रीलंका

बिहीबार, २१ मङ्सिर २०८०, २१ : ०२
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा आयोजक राष्ट्र भारतले श्रीलंकाविरुद्ध ३०२ रनले जित हासिल गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३५७ रन बनाएको थियो । ३५८ रनको लक्ष्य पाएको श्रीलंकाले २० ओभरमा ५५ रन बनाउँदै सबै विकेट गुमायो ।

भारतका लागि शुभमन गिलले ९२, विराट कोहलीले ८८ र श्रेयस ऐयरले ८२ रन बनाएका थिए ।

श्रीलंकाका तर्फबाट एन्जेलो म्याथ्युजले १२, महेश तिक्षणाले १२ र कसुन रजिथाले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका लागि मोहम्मद सामीले ५ विकेट लिए भने मोहम्मद सिराजले ३, जसप्रित बुमराह र रविन्द्र जडेजाले एक–एक विकेट लिए ।

जारी प्रतियोगितामा ७ खेल खेलेको भारतले सबै खेलमा जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थान ओगटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप