आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेमिफाइनलमा पुग्ने पहिलो टिम बन्यो भारत

बिहीबार, २१ मङ्सिर २०८०, २१ : २५
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । एक दिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत आयोजक राष्ट्र भारत सेमिफाइनलमा पुग्ने पहिलो टिम भएको छ ।

बिहीबार श्रीलंकालाई पराजित गरेसँगै भारतले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । जारी प्रतियोगितामा भारतले लिग चरणका सात खेल खेल्दै सात वटैमा जित हासिल गरेको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको भारतले लिग चरणमा अब दक्षिण अफ्रिका र नेदरल्याण्ड्ससँग खेल्न बाँकी छ ।

लिग चरणका आफ्ना दुई खेल बाँकी रहँदै भारतले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । बंगलादेश  सेमिफाइनलको रेसबाट पूर्ण रुपमा बाहिरिइसकेको छ ।

साविक विजेता इङ्ग्ल्याण्ड अंकतालिकाको पुछारमा रहे पनि ६ खेलमा एक जित हासिल गरेको यो टिम गणितीय रुपमा सेमिफाइनल पुग्ने झिनो आशामा छ ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप