आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

न्युरोड नेपाली जुत्ता घरको उद्घाटन

शुक्रबार, १४ वैशाख २०८१, ०७ : २४
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । नेपाली जुत्ता चप्पल उत्पादक समूहद्वारा “नेपाली उत्पादनको प्रवर्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपाली जुत्ता घर सञ्चालनमा ल्याइएको छ । 

न्युरोडमा रहेको यो सामूहिक शोरुमको प्रतिनिधि सभा सदस्य लाल प्रसाद सावा लिम्बुले उद्घाटन गरेका छन् । शोरुमको सफलताको कामना गर्दै लिम्बुले नेपाली उत्पादनको प्रवर्द्धनका लागि सक्दो सहयोग गर्ने र नीतिगत रूपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडी बढाउनका लागि महत्त्वपूर्ण भूमिका निभाउने प्रतिबद्धता जनाए । 

साथै उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रूपमा योगदान पुर्‍याएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरूलाई उनले धन्यवाद ज्ञापन गरे । उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका पूर्व कार्यकारी सदस्य, वर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरूको उपस्थिति रहेको थियो । 

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा सामूहिक शोरुम अवधारण अन्तर्गत खोलिएको यस न्युरोड नेपाली जुत्ता घर चौथो शोरुम हो । यस अघि पोखरा, बुटवल र जनकपुरमा तीनवटा सामूहिक शोरुमको उद्घाटन गरिसकेको छ । न्यूरोड नेपाली जुत्ता घरमा वि.एफ डियर हिल र वि.एफ स्पोट, क्रस रोड, –रोयल शुज, फस्टवाक शुज, डि.जे. शुज, कोसेली सुज, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्रान्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरू आकर्षक छुटमा उपलब्ध रहेका छन् ।  

jutta ghar

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप