आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काभ्रेमा विद्युत् सर्ट भई आगलागी, ४ वटा कपडा पसल पूर्ण रूपमा जले

शुक्रबार, १४ वैशाख २०८१, ०८ : २४
शुक्रबार, १४ वैशाख २०८१

काभ्रे । काभ्रेमा विद्युत् सर्ट भई आगलागी हुँदा ४ वटा कपडा पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ । घटनामा अन्य ५ वटा पसलमा क्षति पुगेको छ । 

शुक्रबार बिहान ६ः१५ बजेको समयमा  पाँचखाल-४ समाज कल्याण चोक स्थित उद्धव प्रसाद तिमलसिनाको घरको सटरमा अचानक विद्युत् सर्ट भई आगोलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार आगलागी हुँदा  सोही घरमा रहेको ९ सटर मध्ये ४ वटा कपडा पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ भने ३ वटा होटेल एक मोबाइल पसल र एक मासु पसलमा आंशिक क्षति भएको छ । 

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । नेपाल प्रहरी,  एपिएफ, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण यकिन भई नसकेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप