आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतको बेरोजगारी दर २ वर्ष यताकै उच्च बिन्दुमा

शुक्रबार, १४ वैशाख २०८१, १० : १२
शुक्रबार, १४ वैशाख २०८१

नयाँ दिल्ली । भारतको बेरोजगारी दर २ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । सेन्टर फर मोनिटरिङ इण्डियन इकोनोमीले जारी गरेको पछिल्लो तथ्यांकअनुसार भारतको बेरोजगारी दर दुई वर्ष यताकै उच्च बिन्दुमा पुगेको हो । 

भारतमा समग्र बेरोजगारी दर अक्टोबरमा बढेर १०.०५ प्रतिशत पुगेको छ । जुन सेप्टेम्बरमा ७.०९ प्रतिशतको तुलनामा उल्लेख्य वृद्धि हो । जुन सन् २०२१ को मे यताकै उच्चस्तर हो । ग्रामिण क्षेत्रहरु यसबाट बढी प्रभावित भएका छन् । 

अक्टोबरमा ग्रामिण बेरोजगारी दर १०.८२ प्रतिशतमा पुगेको छ । ५ वर्षमा कमजोर मनसुन वर्षा हुनु बेरोजगारीको एउटा प्रमुख कारण रहेको बताइएको छ । जसले कृषि उत्पादनमा कमी ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप