आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

यूएईले लगातार दुई विकेट गुमायो

शुक्रबार, १४ वैशाख २०८१, ११ : १८
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको छ । पहिले ब्याटिङ गर्न आएको यूएईले लगातार आफ्नो पहिलो र दोस्रो विकेट गुमाएको छ । 

यूएईले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान खालिद शाहलाई गुमाएको हो । उनी तीन रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । उनलाई सोमपाल कामीले रन आउट गराएका हुन् । उनी आउट हुँदा यूएईले ३।१ ओभरमा २९ बनाएको छ ।

त्यसलगत्तै यूएईको दोस्रो विकेटका रुपमा ओपनर मुहम्मद वसिम पेभेलियन फर्किएका हुन् । कप्तान समेत रहेका वसिम २६ रन बनाउँदै आउट भए । उनलाई सोमपाल कामीले करण केसीद्वारा क्याच गराएका हुन् । वसिमले १६ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । उनी आउट हुँदा यूएईले ३।३ ओभरमा ३० रन बनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप