आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भवन निर्माणमा सहयोग गर्न पार्टी सदस्यलाई जसपाको आह्वान

शुक्रबार, १४ वैशाख २०८१, ११ : ५३
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यालयको भवन निर्माणका लागि पार्टी सदस्यहरूलाई सहयोग गर्न आह्वान गरेको छ । 

जसपाले पार्टीका सदस्यहरूको नाममा परिपत्र जारी गरी सो आग्रह गरेको हो । जसपाले ललितपुरको रानीबुमा आफ्नो जग्गामा कार्यालय भवन बनाउने निर्णय गरिसकेको छ । सो निर्णय अनुसार भवन निर्माणका लागि पार्टीका कार्यकारिणी सदस्य एवं पूर्व मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा भवन निर्माण समिति गठन भएको छ ।

केन्द्रीय कार्यालय निर्माण सम्बन्धी भौतिक, आर्थिक र व्यवस्थापनलगायत आवश्यक पर्ने सम्पूर्ण कार्यहरू गरी निर्माण कार्य सम्पन्न गर्ने गरी भवन निर्माण समितिलाई जिम्मेवारी दिइएको छ ।

यसअघि तत्कालीन सङ्घीय समाजवादी फोरम, नेपालले वरिष्ठ नेता अशोककुमार राईको संयोजकत्वमा भवन निर्माण समिति गठन गरेको थियो । सो समितिले भवनको नक्सा पास, माटोको परीक्षणलगायतका कार्य गरेर राउतलाई जिम्मेवारी हस्तान्तरण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप