आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफामा ३३ प्रतिशतले बढ्यो, १ अर्ब ५२ करोड आम्दानी

शुक्रबार, १४ वैशाख २०८१, ११ : ५५
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफामा ३३.४६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १४ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यो वर्ष १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा उच्च दरमा वृद्धि भएको छ । असोज मसान्तसम्म बैंकले खुद ब्याज आम्दानी ९५.४० प्रतिशतले वृद्धि हुँदै ४ अर्ब १६ करोड १० लाख ४१ हजार रुपैयाँ पुगेको छ । 

यस्तै, समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ५९.९० प्रतिशतले वृद्धि हुँदै २ अर्ब ६० करोड ५४ लाख रुपैयाँ पुगेको रिपोर्टले देखाएको छ । तर, बैंकको वितरणयोग्य नाफा भने ८५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

कूल ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ८९ करोड ३८ लाख रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १.९१ प्रतिशतले वृद्धि भई ३ खर्ब ६१ अर्ब १९ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ०.१९ प्रतिशतले बढेर ३ खर्ब ४ करोड २४ करोड ४ लाख रुपैयाँ कायम भएको बैंकले जनाएको छ । बैंकको खराब कर्जादर ३.२६ प्रतिशतले बढेर ४.८३ प्रतिशत पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप