आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दर्शकका लागि यो साता पनि ‘पशुपति प्रसाद २ः भस्मे डन’ र ‘परदेशी २’

आइतबार, ०९ वैशाख २०८१, ११ : ५५
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । पछिल्लो समय रिलिज भएका दुई फिल्म ‘पशुपति प्रसाद २ः भस्मे डन’ र ‘परदेशी २’ ले राम्रो दर्शक पाउन सफल भएको छ । दसैँको अवसर पारेर रिलिज भएका यी दुवै फिल्मले राम्रो व्यवसाय गरेको हो ।

आज शुक्रवार फ्राइडे रिलिज अन्तर्गत कुनै पनि फिल्म रिलिज नहुँदा फेरि पनि हलमा यी दुवै फिल्मले प्राथमिकतामा पाएको छ । हलबाट यो सातामा पनि दर्शकले ‘पशुपति प्रसाद २ः भस्मे डन’ र ‘परदेशी २’ हेर्न पाउनेछन् ।

यो साता पनि प्राथमिकतामा परेको ‘परदेशी २’ आजबाट प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ भने ‘पशुपति प्रसाद २ः भस्मे डन’ तेस्रो सातामा । यो साता पनि दुवै फिल्मले राम्रो व्यवसाय गर्ने अपेक्षा निर्माण पक्षको छ ।

‘परदेशी २’ नारायण रायमाझी निर्देशित फिल्म हो । प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङलगायतको अभिनय रहेको फिल्म राजेश वंशल र निर्देशक रायमाझीले मिलेर निर्माण गरेका हुन् । फिल्मले विदेश प्रति रहेको युवा पुस्ताको मोहलाई कथा बनाएको छ ।

‘पशुपति प्रसाद २ः भस्मे डन’ दीपेन्द्र के खनाल निर्देशित फिल्म हो । खगेन्द्र लामिछानेको लेखन रहेको फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतका कलाकारको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप