आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बलरामपुरको एक घरमा आगलागी, १० लाखको क्षति

एक जना घाइते ६ चौपायाको मृत्यु
आइतबार, ०९ वैशाख २०८१, १२ : ०५
आइतबार, ०९ वैशाख २०८१

रौतहट । रौतहटको कटहरीया नगरपालिका ४ बलरामपुरमा धान कुट्ने  मिल भएको एक घरमा आगलागी हुँदा १० लाख भन्दा बढीको क्षति भएको छ । आगलागीका कारण ६ चौपायाको जलेर मृत्यु भएको छ।

स्थानीय गनिलाल साह तेलीको घरमा गए राति १२ बजे आगलागी भएको थियो। आगलागी बाट घर,  ३ वटा भैँसी, ३ वटा खसी बाख्रा जलेर मरेका छन् भने एउटा मोटरसाइकल, विद्युतीय मोटर, मिलको पार्टपुर्जा जल्दा १० लाख बढीको क्षति भएको अनुमान गरिएको छ । 

आगो निभाउने क्रममा घरधनी गनिलाल साह घाइते भएका छन्। आगलागीको कारण भन्ने खुल्न सकेको छैन। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप