आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

कुशल मल्लले लिए यूएईको चौथो विकेट

आइतबार, ०९ वैशाख २०८१, १२ : ०९
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । पहिले ब्याटिङ गर्न आएको यूएईले लगातार आफ्नो चौथो विकेट गुमाएको छ ।

यूएईको चौथो विकेट कुशल मल्लले लिएका हुन् । उनले यूएईका ब्याट्सम्यान एलिसन सराफुलाई सोमपाल कामीद्वारा क्याच गराएका हुन् । 

एलिसनले १४ बलको सामना गरी तीन चौकाको मद्दतले १६ रन बनाए । उनी आउट हुँदा यूएईले १३.४ ओभरमा ८८ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप