आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

२२ रन बनाउँदै आउट भए गुल्सन झा

आइतबार, ०९ वैशाख २०८१, १३ : ३६
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेलमा शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) ले दिएको एक सय ३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । 

नेपालले दोस्रो विकेटका रुपमा गुल्सन झालाई गुमाएको हो । उनी २४ बलमा तीन चौकाको मद्दतले २२ रन बनाउँदै आउट भएका हुन् । उनलाई यूएईका बलर बासिल हमिदले बोल्ड गरेका हुन् । उनी आउट हुँदा नेपालले ९.३ ओभरमा दुई विकेट गुमाएर ६७ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप