आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१६ लाख ५० हजार स्रोत नखुलेको रकमसहित युवक पक्राउ

आइतबार, ०९ वैशाख २०८१, १४ : ००
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । पश्चिम नवलपरासीबाट प्रहरीले स्रोत नखुलेको रकम सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका–२ हरपुर बस्ने २५ वर्षीय ईमरान खान छन् । 

बिहीबार दिउँसो रामग्राम नगरपलिका–७ उजैनीबाट पक्राउ परेका उनको साथबाट प्रहरीले १६ लाख ५० हजार नगद बरामदगरेको छ । आरोपीतले सो रकमको स्रोत खुलाउन सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले लु‍.९० प ७८८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा खानको साथमा सो रकम फेला परेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप