आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मैदानको तस्बिर : नेपाली क्रिकेट टोली विश्वकपमा छनोट हुँदा जे देखियो
टी—२० विश्वकप छनोट

मैदानको तस्बिर : नेपाली क्रिकेट टोली विश्वकपमा छनोट हुँदा जे देखियो

आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । नेपाल टी–२० विश्वकपमा छनोट भएसँगै क्रिकेटमा उत्साह छाएको छ ।  शुक्रबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनल खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो । 

जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ । 

नेपाल विश्वकपमा छनोट भएसँगै मुलपानी क्रिकेट मैदानमा उपस्थित दर्शकहरुले नेपाली खेलाडीको प्रसंशा गर्दै चर्को हुटिङ गरेका थिए । खेल मैदानमा खुसीयालीको माहोल सिर्जना हुँदा खेलाडीहरुले प्रसंशकहरुलाई अभिवादन गर्दै धन्यवाद प्रकट गरेका थिए । क्रिकेट टोलीलाई अहिले बधाईको ओइरो आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया