आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाले मधेश प्रदेश समितिलाई प्रशिक्षण दिने

शुक्रबार, २२ मङ्सिर २०८०, १६ : १६
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सिरहाको लहानमा कात्तिक २० गतेदेखि सुरु हुने प्रशिक्षण तीन दिनसम्म चल्ने जसपा मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले बताए । पार्टीले सञ्चालन गरेको तीन महिने अभियानअन्तर्गत यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उनले बताए । 

जसपाका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ मुख्य प्रशिक्षक हुने बताइएको छ । त्यसबाहेक अन्य नेताहरुले पनि प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा प्रदेश समितिका सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरु सहभागी हुने अध्यक्ष यादवले बताए ।

मधेश प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । जसपाले अन्य प्रदेशहरुमा पनि प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप