आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कति थियो बलिउड सुपरस्टारहरुको पहिलो पारिश्रमिक ?

शुक्रबार, २२ मङ्सिर २०८०, १८ : ०२
शुक्रबार, २२ मङ्सिर २०८०

मुम्बई । शाहरुख खान, अमिर खान, सलमान खानलगायत बलिउड सुपरस्टारहरु अहिले एउटै फिल्ममा खेल्न करोडौं रुपैयाँ पारिश्रमिक लिन्छन् । तर यी सुपरस्टारले जीवनमा पहिलो पटक काम गरेर कति तलब थापेका थिए होलान् ? तपाईँलाई थाहा छ ?

मिडिया रिपोर्टस्का मुताबिक शाहरुख खानको पहिलो तलब ५० रुपैयाँ मात्रै थियो । ऋतिक रोशनको पहिलो तलब सय रुपैयाँ थियो । अक्षय कुमारले बैंकको एउटा रेष्टुराँमा सेफका रुपमा काम गर्थे । यसका लागि उनले १ हजार ५००  रुपयाँ तलब पाएका थिए ।

आमिर खानले पहिलो तलबका रुपमा एक हजार रुपैयाँ मात्रै पाउँदा सलमान खानले जम्मा ५७ रुपैयाँ थापेका थिए । मिडिया रिपोर्ट्सका अनुसार मनोज बाजपेयीको पहिलो तलब १ हजार २०० रुपैयाँ थियो । बलिउडका शहंशाह अमिताभ बच्चनको पहिलो पारिश्रमिक ५०० रुपैयाँ थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप