आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ब्रेकअपपछि आफूलाई कसरी सम्हाल्ने ?

शुक्रबार, २२ मङ्सिर २०८०, १८ : २४
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । तपाईले जुन व्यक्तिलाई साँचो प्रेम गर्नुभयो, जोसँग आफ्नो सारा जीवन बिताउने सपना देख्नुभयो, त्यही व्यक्तिले तपाईलाई धोका दियो वा तपाईलाई अचानक छाडेर गयो भने हिँडिरहेको जमिन कसैले खोसेको जस्तै महसुस हुन्छ । 

आफूले दिलोज्यान दिएर माया गरेको मान्छेबाट पाएको धोकाले कयौँको जीवन बरबाद पनि भएको छ । यस्तोमा, पीडा सहन नसकेर नराम्रो निर्णय गर्नेहरु पनि छन् ।

आफ्नो संसारै सिद्धियो भनेर व्यक्ति बिस्तारै डिप्रेसनमा जान्छन् ।  मायामा पाएको धोका सहनु, त्यसबाट आफूलाई बाहिर निकाल्न सजिलो छैन । तर, अरु कसैको गल्तीको कारण तपाई कहिलेसम्म आफैले आफैँलाई दुःख दिनु हुन्छ ? 

तपाईले गरेको साँचो मायाबारे एक सेकेन्ड नै नसोच्ने व्यक्तिका कारण आफूलाई पीडा कति दिनुहुन्छ ? त्यो एउटा व्यक्ति मात्रै तपाईको संसार त होइन नि ? 

तपाईलाई माया गर्ने घरपरिवार, आफन्त, साथीभाइ पनि त छन् । निराशामा डुबेर नबस्नुस् । यस्तो स्थितिबाट आफूलाई निकाल्न तपाईले यी उपाय अपनाउन सक्नु हुन्छ:

१. आफ्ना भावनाहरूलाई मनभित्र गुम्स्याएर नराख्नुस् । बरु पोखिदिनुस् । उदास भएर नबस्नुस् । मनभित्र दबाएर राखेको राम्रो–नराम्रो कुरा, याद, भावना, उदासी, पीडा सबैलाई बाहिर निकाल्नुस् । 

तपाईले गुम्सिएको मनलाई जति पोख्नु हुन्छ, त्यति नै हलुका महसुस गर्नु हुनेछ । त्यति नै छिटो पीडाबाट बाहिरिन सक्नु हुनेछ ।

२. ब्रेकअपपछि हर कोहीलाई भावनात्मक सपोर्ट चाहिन्छ । यसले व्यक्तिलाई डिप्रेशनमा जान दिँदैन । डिप्रेशन र तनावले ग्रस्त भएर नबसौं भन्ने चाहनु हुन्छ भने यस्तो सपोर्टका लागि घरपरिवारका सदस्य, साथीभाइसँग भेटघाट गर्नुस् । उनीहरूसँग बस्नुस्, कुराकानी गर्नुस् । 

कोठामा थुनिएर एक्लै बस्नुको सट्टा साथीहरूसँग घुम्न निस्कनुस् । कमेडी फिल्म हेर्नुस् । परिवारका सदस्यसँग बसेर खाना खानुहोस् । ब्रेकअपको पीडा भुल्ने कोसिस गर्नुस् ।

३. आफैतिर ध्यान दिनुस्, आफ्नो राम्रोेसँग हेरचाह गर्नुस् । स्वस्थ खानेकुरा खानुस् । हरेक दिन बिहान व्यायाम गर्नुस् । राति कम्तीमा पनि ८ घण्टा निदाउनुस् । शारीरिक स्वास्थ्य राम्रो रह्यो भने यसले मानसिक र इमोशनल रुपमा बलियो रहन सघाउँछ ।

४. दिनरात कोठामा एक्लै बसिरहनु हुन्न । यसले तपाईको सोच, मन–मस्तिष्क सबैतिर पुरानै कुरा घुमाइरहन्छ । बरु आफ्नो शौख पूरा गर्नुस् । आफूलाई जे गर्न राम्रो लाग्छ, त्यही गर्नुस् । 

सामाजिक गतिविधिमा संलग्न हुनुस् । आफूलाई धोखा दिने व्यक्तिसँग टाढै रहनुस् । ताकि पुरानो याद र कुराले फेरि फेरि तपाईलाई पीडा नहोस् ।

५. यी सबै उपाय अपनाएर पनि ब्रेकअपको पीडाबाट आफूलाई बाहिर निकाल्न सक्नु भएन भने कुनै प्रोफेशनल व्यक्तिको मद्दत लिनुस् । 

थेरापिष्ट वा रिलेशनशिप काउन्सलरलाई भेट्नुहोस् । यसले पनि तपाईलाई ब्रेकअपको दुःखपीडा र डिप्रेशनबाट बाहिरिन मद्दत गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप