आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मन्त्रीमण्डल विस्तार

कोशी प्रदेशमा दुई मन्त्रीले लिए शपथ

शुक्रबार, २२ मङ्सिर २०८०, १८ : ५४
शुक्रबार, २२ मङ्सिर २०८०

विराटनगर । कोशी प्रदेश सरकारमा दुई जना नयाँ मन्त्री थप भएका छन् । उनीहरुले शुक्रबारनै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । एमालेको असहमतिका बाबजुद कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

नयाँ मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद तथा पार्टीका कोशी प्रदेश सचिव गणेश उप्रेती ९सुशील० र नेकपा (एकीकृत समाजवादी)बाट पाँचथरका कमलप्रसाद जवेगु मन्त्री बनेका हुन् । 

उनीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ खुवाएका छन् । जबेगु यसअघि पनि उद्धव थापाको नेतृत्वको सरकारमा सहभागी भएका थिए । उप्रेतीको लागि भने राजकीय जिम्मेवारीको यो पहिलो अवसर हो । 

गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषदमा एमालेबाट रामबहादुर राना मगर र कांग्रेसका शम्शेर राईलाई यसअघि नै मन्त्री नियुक्त गरिसकेका छन् । चारै मन्त्रीहरुको कार्यविभाजन भने अझै भएको छैन । आइतबारसम्ममा जिम्मेवारी तोकिने गठबन्धन दलका नेताहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप