आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हात्तीको बंगारासहित दुई जना पक्राउ

शुक्रबार, २२ मङ्सिर २०८०, २० : १६
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ ।  हात्तीको बंगारासहित दुई जनालाई पक्राउ परेका छन् । झापा प्रहरीले उनीहरुलाई बिहीबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं. ७ जरुवा टोलका ४७ वर्षीय तिखबहादुर विश्वकर्मा र ५० वर्षीय शावा लिम्बु रहेका छन् ।  

गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले विश्वकर्माको घरमा खानतलासी गरेर एक केजी ७९० ग्राम तौल भएको हात्तीको बंगारा बरामद गरेको थियो ।

सोधपुछका क्रममा विश्वकर्माले लिम्बुको घरबाट ल्याएर राखेको बताएपछि लिम्बुलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । 

उनीहरूलाई शुक्रबार जिल्ला वन कार्यालय झापामा बुझाइएको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप