आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नक्कली नेपाली नोटसहित झापामा छ भारतीय पक्राउ

शुक्रबार, २२ मङ्सिर २०८०, २० : ३९
शुक्रबार, २२ मङ्सिर २०८०

झापा । प्रहरीले नक्कली नेपाली नोटसहित झापामा छ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

झापा गाउँपालिका–१ सितुमारीबाट नक्कली नेपाली नोटसहित छ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत किसनगञ्ज थानाका २४ वर्षीय अन्जर आलम, दीघल बैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पूर्णियाथानाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए । 

भारतीय नम्बरको २ वटा मोटरसाईकलमा नेपाल आएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा आलमको साथबाट एक हजार दरको तीन थान नेपाली नक्कली नोट बरामद भएको थियो ।

नक्कली नोट फेला परेसँगै अन्य पाँच जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको र उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप