समाचार
काठमाडौँमा भूकम्पको धक्का महसुस
शुक्रबार, २२ मङ्सिर २०८०, २३ : ५०
काठमाडौ । काठमाडौँमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेका छन् ।
‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।