आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एपिएफ अस्पतालको मेडिकल टिम जाजरकोट प्रस्थान

शनिबार, १५ वैशाख २०८१, ०८ : ०१
शनिबार, १५ वैशाख २०८१

काठमाडौं । सशस्त्र प्रहरी अस्पतालको मेडिकल टिमलाई जाजरकोटमा पठाइएको छ । भूकम्पबाट घाइते भएकाहरूको उपचारका लागि डा रोशन पराजुलीको नेतृत्वमा मेडिकल टिम घटनास्थलमा पठाएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

डा पराजुलीको नेतृत्वमा ९ जनाको मेडिकल टिम सेनाको स्काइ ट्रक मार्फत घटनास्थल तर्फ लागेका हुन् । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको जाजरकोटमा मात्र संख्या ९२ पुगेको  डिएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए । 

भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगा नगरपालिकामा धेरै क्षति पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप