आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उद्धार, राहत तथा पुनर्स्थापनाको काममा जुट्न राप्रपाको अपिल

शनिबार, १५ वैशाख २०८१, ०८ : ४७
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । राप्रपाले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाको काममा जुट्न अपिल गरेको छ । 

‘विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार, राहत तथा पुनर्स्थापनाको काममा जुट्न सरकार, स्थानीय तह, राजनीतिक दल एवं विभिन्न सङ्घसंस्थालाई राप्रपा अपिल गर्दछ । साथै, भूकम्प प्रभावित क्षेत्रमा गई उद्धार कार्यमा संलग्न हुन राप्रपाका विभिन्न निकायलाई अनुरोध गर्दछौँ’, प्रवक्ता मोहन श्रेष्ठद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ।  

जाजरकोटको बारेकोट गाउँपालिका १ रामिडॅाडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम लगायत पश्चिम नेपालको विभिन्न स्थानमा ठुलो संख्यामा भएको मानवीय र भौतिक क्षतिप्रति राप्रपाले दुःख प्रकट  गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप