आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली सरकारद्वारा सहयोगका लागि आह्वान

शनिबार, १५ वैशाख २०८१, ०८ : ५७
शनिबार, १५ वैशाख २०८१

सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्पबाट व्यापक जनधनको क्षति भएको भन्दै सहयोगका लागि आह्वान गरेको छ । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै पक्षलाई सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको हो।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने र  राहत सामग्री पठाउने कर्णाली प्रदेश सरकारको निर्णय गरेको छ । प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए।

प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति भएको छ । भूकम्पपछि उद्धारको कार्य जारी रहेको छ । सबैभन्दा बढी क्षति जाजरकोट र पश्चिम रुकुममा भएको प्राप्त विवरणहरूमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप