आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिङ्गो राष्ट्र एक भएर राहत, उद्धार र पुनर्स्थापनामा जुट्न अध्यक्ष तिमिल्सिनाको आग्रह

शनिबार, १५ वैशाख २०८१, ०९ : ०६
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । राष्ट्यि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्राकृतिक विपत्तिको क्षणमा सिङ्गो राष्ट्र एक भएर घाइतेहरूको उद्धार, पीडितहरूका लागि राहत तथा पुनर्स्थापनाका लागि जुट्न आवश्यक भएको बताएका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै अध्यक्ष तिमिल्सिनाले गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र पश्चिम रुकुम लगायतका जिल्लामा मानवीय र भौतिक क्षति पुगेकोमा दुख व्यक्त गर्दै उद्धार, राहत र पुनर्स्थापनामा जुट्नुपर्ने बताएका हुन् ।

‘प्राकृतिक विपत्तिको यो क्षणमा सिङ्गो राष्ट्र नै एक भएर समयमा नै घाइतेहरूको उद्धार र पीडितहरूका लागि राहत तथा पूर्नस्थापनाका लागि जुट्न आवश्यक छ’, तिमिल्सिनाले  राहत र उद्धारका लागि सरकार, सबै राजनैतिक दल, सुरक्षा निकाय र नागरिक समाजलाई आग्रह समेत गरेका छन् । 

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण सय जना भन्दा बढीको ज्यान गएको छ भने धेरै घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप