आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालका भूकम्प प्रभावितलाई सहयोग गर्न भारत तयार छ : मोदी

शनिबार, १५ वैशाख २०८१, ०९ : ३७
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पका कारण जनधनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन् । 

आज सामाजिक सञ्जालमार्फत उनले भारत नेपाली जनताको दुखमा सँगै उभिन तयार रहेको भन्दै पीडित तथा प्रभावितलाई सहयोग गर्न तयार रहेको बताएका छन् । 

उनले लेखेका छन्– 'नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । भारत पीडामा रहेका नेपाली जनतालाई हर सम्भव सहयोग गर्न तयार छ। शोक सन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप