आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
काेशीकाे किचलाे

कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले

शनिबार, १५ वैशाख २०८१, ०९ : ५४
शनिबार, १५ वैशाख २०८१

विराटनगर । नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट एक एक जना मन्त्री शुक्रबार  नियुक्त गरेका थिए ।

आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो । राना गत असोज २७ गते मन्त्री नियुक्त भए पनि उनको जिम्मेवारी भने तोकिएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप