आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रमा गण्डकी सरकारले पठायो स्वास्थ्यकर्मीको टोली

शनिबार, १५ वैशाख २०८१, १० : २२
शनिबार, १५ वैशाख २०८१

पोखरा । कर्णालीमा गएको भूकम्पबाट पीडित नागरिकको उद्धार र उपचारमा आफू पनि साथमा रहेको गण्डकी प्रदेशले जनाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक विज्ञप्ति जारी गरी कर्णालीको पीडामा गण्डकीले सहयोग गर्ने बताए । प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउने उद्देश्यले गण्डकी प्रदेश सरकारले स्वास्थ्य सामग्री सहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाएको छ । 

‘टोली यथाशक्य छिटो प्रभावित क्षेत्रमा पुगेर घाइतेहरूको उपचारमा सहभागी हुनुहुने नै छ,’ उनले भने, ‘गण्डकी प्रदेश सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुन निर्माण लगायतका कार्यमा कर्णाली प्रदेश सरकारसँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहनेछ ।’

डा विकास गौचनको नेतृत्वमा हाडजोर्नी विशेषज्ञ र एनेस्थेसियाको टोली कर्णाली पठाइएको हो । आवश्यकता अनुसार थप सहयोग पठाउन आफुहरु तयार रहेको मुख्यमन्त्री पाण्डेले बताए । जाजरकोट जिल्लाको बारकोट गाउँपालिका वडा १ केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट ठुलो मानवीय र भौतिक क्षति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप