आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश अस्पतालमा सेनाको मेडिकल क्याम्प खडा

शनिबार, १५ वैशाख २०८१, १० : ४०
शनिबार, १५ वैशाख २०८१

सुर्खेत । कर्णाली प्रदेश अस्पताल कालागाउँमा सहायता प्रदान गर्न नेपाली सेनाको सुर्खेतस्थित कालीबहादुर गणले प्रदेश अस्पताल सुर्खेतमा मेडिकल क्याम्प खडा गरेको छ ।

भूकम्पमा परि घाइते भएकाहरूको चाप बढ्ने देखिएपछि मेडिकल क्याम्प खडा गरिएको कालीबहादुर गणका प्रमुख सेनानी  शैलेन्द्र सिलवालले बताए ।

उनका अनुसार अस्पतालमा आउने घाइतेहरूको चापलाई मध्यनजर गर्दै अस्पतालसँगको समन्वयमा मेडिकल क्याम्प खडा गरिएको  हो । 

घाइतेको चाप बढेको खण्डमा मेडिकल क्याम्पबाट सेवा दिइने प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा डम्बरबहादुर खड्काले बताए । उनका अनुसार प्रदेश अस्पताल हाल २९९ शय्याको छ।

अस्पतालमा औषधी र चिकित्सकको अभाव नरहेको निर्देशक खड्काको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप