आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

प्रधानमन्त्री प्रचण्ड घाइतेको उद्धारमा : जाजरकोटका सात जना घाइतेलाई सुर्खेत लगियो

शनिबार, १५ वैशाख २०८१, १० : ४४
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । भूकम्पबाट घाइते भएका जाजरकोट नलगाडका ७ जना घाइते र ७ जना कुरुवालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टरबाट उद्धार गरिएको छ । 

घाइते तथा कुरुवाहरूको प्रधानमन्त्री सवार हेलिकोप्टरमार्फत सुर्खेत लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड भूकम्पले केन्द्रबिन्दु बनाएको जाजरकोटको स्थलगत अवलोकनपछि रुकुम पश्चिमतर्फ लागेका छन् । 

प्रधानमन्त्री प्रचण्ड मेडिकल टिमसहित शनिवार बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । आफू प्रभावित क्षेत्रमा पुग्दा प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वागत नगर्न समेत भनेका छन् । 

गए राति गएको ६.४ म्याग्निच्युड कम्पनको भूकम्पबाट अहिले सम्म १३२ को मृत्यु र १४० घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप