आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

रुकुम पश्चिमको सानीभेरी अस्पताल पुगे प्रधानमन्त्री

शनिबार, १५ वैशाख २०८१, १२ : ०९
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गए राति गएको शक्तिशाली भूकम्पबाट प्रभावित बनेको रुकुम पश्चिम पुगेका छन् । शनिबार बिहानै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोट पुगेका प्रधानमन्त्री त्यहाँबाट रुकुम पश्चिम पुगेका हुन् ।

रुकुम पश्चिमको सानीभेरी अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको स्थितिबारे जानकारी लिएका छन् । साथै भूकम्प पीडितहरूको उद्धार तथा राहतको अवस्थाबारे पनि जानकारी लिएका छन् ।

यसअघि जाजरकोटबाट घाइते ७ जना तथा ७ जना कुरुवालाई आफू सवार हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत पुर्‍याएका थिए । गत राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म १३६ जनाको मृत्यु भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप