आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

थप जनशक्ति उपलब्ध गराउन चिकित्सक संघ तयार

दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकहरूलाई भूकम्प प्रभावित जिल्लामा खटाइयो
शनिबार, १५ वैशाख २०८१, १२ : ४२
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । नेपाल चिकित्सक संघले राज्यलाई आवश्यक परेको अवस्थामा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउने गरी तयारी अवस्थामा रहन आफ्ना शाखाहरूलाई निर्देशन दिएको छ । 

थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउने गरी तयारी अवस्थामा रहन नेपाल चिकित्सक संघ भेरी शाखा, दाङ शाखा, जुम्ला शाखा र  सुर्खेत शाखाहरूसँग नियमित सम्पर्क भइरहेको र सोही अनुरूपको व्यवस्था गर्न शाखा कार्यालयहरूलाई परिचालित गरिएको हो ।

कर्णाली प्रदेशको जाजरकोट र रुकुम जिल्लामा शुक्रबार राति गएको भूकम्पबाट ठुलो मानवीय क्षति भएकोमा संघले हार्दिक समवेदना व्यक्त गर्दै सो घटनाबाट घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।  प्राकृतिक विपत्तिका कारण विपत्मा परेका नागरिकहरूको यथाशीघ्र उद्धार गरी घाइते नागरिकहरूको उपचारमा संलग्न हुनका लागि दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकहरूलाई भूकम्पबाट प्रभावित जिल्लामा खटाई सकिएको जानकारी गराएको छ । 

यस्तो प्राकृतिक विपत्तिको अवस्थामा राज्यको तर्फबाट अविलम्ब राहत तथा र उद्धार कार्यमा प्रभावकारी कदम चाल्न तथा घाइतेहरूको शीघ्र उपचारका लागि सम्पूर्ण व्यवस्था मिलाई उपचार प्रक्रियालाई प्रभावकारी तुल्याउन संघले नेपाल सरकार समक्ष माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप