आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनुषाको सामुदायिक विद्यालयमा चोरी

शनिबार, १५ वैशाख २०८१, १४ : ००
शनिबार, १५ वैशाख २०८१

जनकपुरधाम । धनुषास्थित द्वारिका आधारभूत विद्यालय, रघुनाथपुरमा शुक्रबार राति चोरी भएको छ । सबैला नगरपालिका–१२ मा रहेको उक्त विद्यालयबाट कम्प्युटरसहितका सामान चोरी भएको छ ।

विद्यालयबाट चार थान कम्प्युटर सेट, एक थान अलईन वन कम्प्युटर सेट, ३२ इन्चको एक थान एलईडी, एक थान साउण्ड बक्स र दुई थान माइक चोरी भएको विद्यालयका प्राधानाध्यापक रामशंकर यादवले जानकारी दिए । 

उनका अनुसार चोरहरुले ६२ इन्चको स्मार्ट बोर्ड लग्न नसकेपछि पूर्ण रुपमा क्षतिग्रस्त बनाइदिएका छन् । पर्खाल चढेर विद्यालयभित्र प्रवेश गरेका चोरले कम्प्युटर राखेको कक्षाकोठाको ताल्चा काटेर चोरी गरेको प्रधानाध्यापक यादवले जनाए ।

विद्यालयमा प्रत्येक शनिबार सञ्चालन हुने बालविकास कक्षा सञ्चालनका लागि कार्यालय सहयोगी पुगेपछि चोरी भएको घटना सार्वजनिक भएको हो । कार्यालय सहयोगी कुलदीप सदाले प्रधानाध्यापक यादवालई चोरी भएको जानकारी गराएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितका व्यक्तिहरु पुगेर स्थानीय प्रशासनलाई जानकारी गराएका छन् ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप