आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थतन्त्र अनिश्चितताको भुमरीमा परेको छ - गभर्नर अधिकारी

शनिबार, १५ वैशाख २०८१, १४ : ०५
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र अनिश्चितको भुमरीमा परेको बताएका छन् । उनले अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने समयमा अन्तर्राष्ट्रियसँगै आन्तरिक समस्या देखिएको बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५औं वार्षिकोत्सव साधारण सभामा सम्बोधन गर्दै गभर्नर अधिकारीले बाह्य क्षेत्र सकारात्मक हुँदा त्यसको फाइदा लिन सक्नु पर्ने बताए । सप्लाई चेन र बजार मूल्य निर्धारणको कारण मुद्रास्मृती बढ्ने गरेको बताए ।

गभर्ननरले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर बजारका समस्या समाधान गरेमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए। ‘पर्यटन क्षेत्र सकारात्मक रूपमा अघि बढेको छ। पर्यटन पूर्वाधार थप गर्न सहयोग पुग्छ,’ अधिकारीले भने, ‘रेमिट्यान्सको आप्रवाह राम्रै देखिएको छ ।’

बैंकहरुको लगानी विविध क्षेत्रमा भएकाले कुनै क्षेत्रमा अप्ठेरो पर्दा बैंकमा सङ्कट नआउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप