आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

आफू चढेको हेलिकप्टर उद्धारका लागि छोडेर काठमाडौँ फर्कँदै प्रधानमन्त्री प्रचण्ड

शनिबार, १५ वैशाख २०८१, १४ : १०
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ ।  गएराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट भएको क्षति र प्रभावितहरुको अवस्था बुझ्न सो क्षेत्रमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफू चढेको हेलिकप्टर उद्धारका लागि छोडेर अर्को विमानबाट काठमाडौँ फर्किने भएका छन् । 

साढे २ बजे नेपालगञ्जबाट हवाईजहाज मार्फत काठमाडौँ फर्कन लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले रातोपाटीलाई जानकारी दिए ।  नेपाली सेनाको हेलिकोप्टरमा जाजरकोट पुगेका प्रचण्डले साथमा दुई सुरक्षाकर्मी र मेडिकल टिम लिएर गएका थिए । हेलिकोप्टरबाट घाइतेलाई अस्पताल पुर्याउनका लागि प्रधानमन्त्री प्रचण्ड आफैँ खटिएका थिए ।  

पीडितलाई राहत, उद्धारका लागि निर्णय गर्न भोली बिहान ८ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको प्रेस संयोजक सूर्यकिरणले जानकारी दिएका छन् । प्रचण्ड बिहान भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप