आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूकम्पबाट भएको धनजनको क्षतिप्रति मधेस केन्द्रित दलद्वारा दुःख व्यक्त

शनिबार, १५ वैशाख २०८१, १४ : २३
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । गएराति जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पमा परी मृत्यु भएकाप्रति मधेश केन्द्रीत दलका नेताहरुले श्रद्धाञ्जली तथा घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले भुकम्पले भएको जन –धनको क्षतिले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।  उनले क्षतिग्रस्त ठाउँमा तत्काल उद्धार र राहतमा जुट्न सरकारलाई लगायत सबैमा उनले आग्रह गरेको छ । त्यस्तै, जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवले भुकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलो जन–धनको क्षतिले मर्माहत बनाएको जनाएका छन् । 

क्षतिग्रस्त ठाउँमा तत्काल उद्दार र राहतको व्यवस्था गर्न सरकार तथा बिभिन्न सामाजिक संघसँस्थासँग आग्रह गरेका छन् । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले पश्चिम नेपालको जाजरकोटलाई केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी भएको धनजनको क्षतिप्रति पार्टीले दुख व्यक्त गरेको जनाएका छन् । जनमत पार्टीले दुख व्यक्त गर्नुको साथै राहत र उद्धार कार्यमा जुट्न सबैसँग अपिल समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप