आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

राहत र उद्धारमा सबैलाई हातेमालो गर्न प्रधानमन्त्रीको अपिल

शनिबार, १५ वैशाख २०८१, १४ : २५
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प पीडितको राहत र उद्धारमा सहकार्य र हातेमालोका लागि अपिल गरेका छन् । हाल भूकम्प प्रभावित जिल्लाको निरीक्षणमा रहेका प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सबैमा अपिल गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो राति गएको विनासकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूतिहरू सुन्न, घाइतेहरूको उद्दार र पीडितको राहतका निम्ति प्रभावित क्षेत्रमा छु। पीडितलाई राहत र पुनर्स्थापना एवं घाइतेहरूको उपचारका लागि सरकार गम्भीर रहेको जानकारी गराउँदै यस कार्यमा सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सबैमा हार्दिक अपील गर्दछु।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप