आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तिहार फ्लोरा एक्सपोमा ६० लाख भन्दा बढीको कारोबार

गोदावरी पुष्प मेला एक दिनका लागि थप
शनिबार, २३ मङ्सिर २०८०, १५ : ०६
शनिबार, २३ मङ्सिर २०८०

काठमाडौँ । भृकुटीमण्डपमा पाँच दिनसम्म सञ्चालन भएको, तिहार लक्षित फलफूल, नर्सरी तथा जडीबुटीहरूको प्रदर्शनी मेला ‘तिहार फ्लोरा एक्सपो २०८०’ शनिवार सम्पन्न भएको छ । पाँचदिने तिहार फ्लोरा एक्सपोमा ६० लाख बढीको फलफूल तथा बिरुवाको कारोबार भएको आयोजक नर्सरी व्यवसायी सङ्घले जनाएको छ । कात्तिक १४ गतेबाट सुरु भएको मेलाको ३० हजार बढीले अवलोकन गरेको नर्सरी व्यवसायी सङ्घका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए ।

६२ वटा स्टलमा विभिन्न जातका फलफूल बिरुवा तथा नर्सरीहरू प्रदर्शनका लागि राखिएको थियो । मेलामा फलफूल ,नर्सरी ,जडीबुटी, मल खाद, बिउ बिजन, औजार गमला लगायत बिरुवाको संरक्षणको लागि चाहिने आवश्यक सामाग्रीहरूको स्टल राखिएको थियो । तिहार फ्लोरा एक्सपोमा राखिएका स्टलहरूबाट ५० हजार देखि १० लाख बढी सम्म व्यवसायीहरूले फलफूल ,बिरुवा तथा औजारहरूको व्यापार गरेको बताइएको छ । तिहार लक्षित गोदावरी र सयपत्रीको माग अत्यधिक भएकोले स्टलनै खाली हुनेगरी बिक्री भएको व्यवसायीले बताए । 

नर्सरी व्यवसायी संघले ब्यवसायीहरुको हक हकहितको लागि र ग्राहकको सुविधाको लागि भनेर पहिलो पटक गरेको तिहार फ्लोरा एक्सपो सफल भएको बताएको छ । व्यवसायीहरूले उत्पादन गरेको फलफूल बिरुवाको बजार प्रबद्र्धन गर्न र उपझोक्ताको माग पुरा गर्न यस्ता मेलाहरूको आयोजना गरिरहने  एक्सपोका संयोजक रबिन कुमार गौतमले बताए । 

यसैबीच फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) को मुख्य आयोजनामा जाउलाखेलमा १४ गते देखि प्रदर्शन भइरहेको १६ औँ गोदावरी पुष्प मेला एक दिनका लागि थप गरिएको छ । जाजरकोटमा आएको भूकम्पबाट पिडित भएकालाई सहयोग गर्ने उद्देश्यले आइतबार एकदिन थप गरिएको फ्यानले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप