अकस्मात् वर्षाले रुझायो, तस्बिरहरू
शनिबार, २३ मङ्सिर २०८०, १७ : ३२
काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार अकस्मात् वर्षा भएको छ । अकस्मात् वर्षा हुँदा आफ्नो गन्तव्यतर्फ हिँडिरहेका सर्वसाधारण रुझ्न पुगेका थिए ।
नेपालमा अझै पनि पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । जसले गर्दा देशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको छ । हेरौँ भक्तपुरमा खिचिएका केही तस्बिर :