आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

वोक्सको घातक बलिङ, २ सय ८६ रनमा समेटियो अस्ट्रेलिया

शनिबार, २३ मङ्सिर २०८०, १८ : १६
शनिबार, २३ मङ्सिर २०८०

अहमदाबाद । भारतमा जारी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले इंग्ल्याण्डसामु २ सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा २ सय ८६ रन बनायो ।

अस्ट्रेलियाका लागि मार्नस लाबुस्चेनले सर्वाधिक ७१ रनको पाली खेले । उनले ८३ बलमा ७ चौका हिर्काए । त्यस्तै, क्यामरुन ग्रिनले ४७ तथा स्टीभन स्मिथले ४४ रनको योगदान दिए । मार्कस स्टोइनिस र एडम जाम्पाले क्रमशः ३५ र २९ रन बनाए ।

अस्ट्रेलियालाई सस्तोमा समेट्न इंग्ल्याण्डका लागि क्रिस वोक्सले ४ विकेट लिए । त्यस्तै, मार्क वुड र आदिल रसिदले २–२ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप