आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

रुकुम पश्चिममा मृत्यु भएका ५२ जनाको सनाखत (नामावली)

शनिबार, २३ मङ्सिर २०८०, २१ : ५४
शनिबार, २३ मङ्सिर २०८०

काठमाडौँ । जाजरकोटमा शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पमा परी रुकुम पश्चिम जिल्लामा मात्र ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।

जिल्लामा सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा क्षति पुगेको छ । सो नगरपालिकामा २३ जना महिला र १९ जना पुरुष गरी ४२ जनाको मृत्यु भएको छ । बाँकी १० जना सानीभेरी गाउँपालिकाका छन् । सो गाउँपालिकामा ४ जना महिला र ६ जना पुरुषको मृत्यु भएको छ ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप